त्रिभुवन पुस्तकालय पुन संचालनमा
त्रिभुवन पुस्तकालय पुन संचालनमा
गोरखाः गोरखा नगरपालिका–६ को त्रिभुवन पुस्तकालयको उद्घाटन भएको छ ।
विं.सं. २००८ सालमा स्थापना भएको जिल्लाकै जेठो त्रिभुवन पुस्तकालय पुन संचालनमा आएको हो । २०७२ सालको भूकम्पले पुस्तकालयको पुरानो भवनमा क्षति पुगेपछि नयाँ भवन पुननिर्माण गरेर पुस्तकालय संचालनमा ल्याइएको हो । पुस्तकालयका लागि आवश्यक पुर्वाधार तयार गरी शनिबार एक समारोहका विच उद्घाटन गरिएको छ । पुस्तकालयका लागि विभिन्न दाताबाट पुस्तक संकलन पनि थालिएको छ । पुस्तकालयमै रहेको पुराना पुस्तक पनि राखिएको छ । चार तले भवन निर्माण सम्पन्न भएसँगै पुस्तकालय संचालन गरिएको हो । पुस्तकालय उद्घाटन समारोहमा संरक्षक, विशिष्ट सदस्य र आजिवन सदस्यलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसली माया थोकर, गोरखा नगरपालिकाका पुर्व मेयर राजन राज पन्त, भवन निर्माण समितिका संयोजक मोहन लाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।