गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगिताको फाइनल आज
गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगिताको फाइनल आज
गोरखाः बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज(वुधबार) हुने भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ नवलपुर र स्याङ्जा फाइनलमा पुगेका छन् भने महिला तर्फ पर्वत र म्याग्दी फाइलमा पुगेका छन् । पुरुष तर्फको सेमिफाइनल खेलमा नवलपुरले तनहँुलाई हराउदै फाइनल पुगेका हो भने स्याङ्जा र म्याग्दी विच भएको खेलमा म्याग्दीलाई हराउदै स्याङ्जा फाइनलमा पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसि बस्नेतले जानकारी दिए । त्यस्तै महिला तर्फ भएको सेमिफाइनल खेलमा पर्वतले तनहुँलाई हराउदै फाइनल पुगे भने म्याग्दीले कास्कीलाई हराउदै फाइनल प्रवेश गरेको बस्नेतले जानकारी दिए ।
बुधबार विहान ८ बजे भएको पुरुष तर्फ तनहुँ र म्याग्दी तथा महिला तर्फ तनहुँ र कास्की विच तेस्रो स्थानको लागि खेल हुने बस्नेतले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा प्रदेश समितिको आयोजनामा गण्डकी प्रदेश जिल्ला स्तरीय भलिवल प्रतियोगिता भएको हो । समितिको बार्षिक कार्यक्रम अन्तर्गत यस वर्षको प्रतियोगिता बारपाकमा गरिएको हो । प्रतियोगिता लिकम नकआउट प्रणालिबाट खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवै टिमले एक÷एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटरलाई दस÷दस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।