चुम्चेतमा गलैचा बुनाइ सिप विकास तालिम
चुम्चेतमा गलैचा बुनाइ सिप विकास तालिम
गोरखा ः चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेतमा एक महिने गलैचा बुनाई सिप विकास तालिम सुरु भएको छ ।
चुमनुब्री गाउँपालिका उद्योग विकास शाखा कार्यालयको आयोजनामा वडा नम्वर ६ मा तालिम सुरु भएको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गलैचा बुनाई तालिम शुरु भएको वडा अध्यक्ष सरोज लामाले बताए । महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको लामाले बताए । चैतको २३ गतेबाट सुरु भएको तालिम एक महिना सम्म चल्ने छ । तालिममा १६ जना महिलाहरुको सहभागिता रहेको उनले बताए । गलैचा बुनाई सँगै सिलाई बुनाई तालिम पनि संचालन भइरहेको लामाले जानकारी दिए । सिलाई बुनाई तालिममा भने ६ जनाको सहभागिता रहेको छ । महिलाहरुलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउनको लागि तालिम आयोजना गरिएको हो । गाउँपालिको उद्योग विकास शाखाको ८ लाख बजेट बाट कार्यक्रममा संचालन गरिउको हो । तालिमका क्रममा चाहिने आवश्यक सामाग्री भने गाउँपालिकाले काठमाडौंबाट ल्याएको छ ।