जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखाः जवरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
गत भदौ १० गते ३५ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । हाडनाता भित्रको काका ससुरा नाता पर्ने पुरुषले पिडित महिलालाई घाँटीमा धारिलो हतियार खुर्पा राखी डर त्रास तथा धाक धम्की देखाइ जवरजस्ती करणी गरेको भन्दै पिडित मार्फत आएको जाहेरी दरखास्तका आधारमा आरोपितल पक्राउ परेका हुन् । आरोपित विरुद्ध वैशाख १० गते जवरजस्ती करणी कसुर शिर्षकमा प्रहरीमा मुद्धा दर्ता भएको थियो । मंगलबार आरोपितलाई सिरानचोक गाउँपालिका–८ बा पक्राउ गरि वुधबार जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको पनि प्रहरीले जनाएको छ ।