गोरखा भूकम्पको ९ वर्ष
गोरखा भूकम्पको ९ वर्ष
गोरखा ः २०७२ वैशाख १२ गते वारपाक केन्द्रविन्दु वनेर ७.८ म्याग्निच्यूटको भूकम्प गयो । गोरखा भूकम्पका कारण १४ जिल्ला प्रभावित वन्यो ।
भूकम्पको केन्द्रविन्दु वारपाकको मात्र ७२ जनाले निधन भयो । बारपाक केन्द्रविन्दु वनेर भूकम्प गएको ९ वर्ष पुरा भएको छ । भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा वुधबार बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगंत भएकाहरुको सम्मान तथा सम्झनामा गाउँपालिका भरी सार्वजनिक विदा दिएको थियो । २०७२ वैशाख १२ को भूकम्पले १४ सय घर धुरीको गुजुमुज्ज वस्ती रहेको वारपाक ध्वस्त वनेको थियो । भूकम्प गएको ९ वर्षको अवधिमा वारपाकका अधिकांश संरचना पुननिर्माण भएका छन् । स्वास्थ्य चौकि, वडा कार्यालय, विद्यालय पुननिर्माण भएको छ । स्मृति दिवसको अवसरमा वुधबार साँझ बारपाकमा दिप प्रज्वलन पनि गरिएको छ । भूकम्पको केन्द्रविन्दु वारपाकको अधिकाशं संरचना पुननिर्माण भइसकेका छन् । पुननिर्माण पछि बारपाकमा अहिले मौलिकता भने मासिएको छ । सुविधा सम्पन्न होटलहरु खुल्ने तथा सडक सञ्जाल जोडिएपछि बारपाक पुग्ने आगन्तुकको संख्या भने वढेको छ । परम्परागत ढुङ्गाले छाएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण भएका छन् । वुधबार बारपाकमा भएको भूकम्प स्मृति सभा कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्ण भट्ट लगायतले मन्तब्य राखेका थिए ।