छुटेका खानेपानी उपभोक्ता समितिलाई सुचिकृत हुन आह्वान
छुटेका खानेपानी उपभोक्ता समितिलाई सुचिकृत हुन आह्वान
गोरखाः गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई ब्यवस्थापन वोडको वैठकले सुचकृत हुन वाँकी रहेका सम्वन्धित खानेपानी उपभोक्ता समितिहरुलाई १५ दिन भित्र सुचिकृत हुन पुन आह्वान गरेको छ ।
खानेपानी तथा सरसफाई ऐन, २०८० को दफा ६ उपदफा २ बमोजिम गत भदौ २० गते भित्र खानेपानी उपभोक्ता समितिहरुलाई नगरपालिकामा सुचिकृत हुन भनेको थियो । कुनै संस्था छुट भए विहिबारबाट १५ दिन भित्र सुचिकृत हुन पुन आह्वान गरिएको हो । त्यस्तै खानेपानी तथा सरसफाई ऐन, २०८० को दफा १५(१) बमोजिम खानेपानी तथा सरसफाई ब्यवस्थापन कोष स्थापना गर्ने र दफा १५ को उपदफा ३ बमोजिम वोर्डको कोष रहने खाता संचालनका गर्ने पनि निर्णय गरेको छ । त्यस्तै गत फागुन ८ गते वृहत दरौदी लिफ्टीङ आयोजनाको विषयमा गोरखा नगरपालिका–३ को सर्वपक्षीय÷सर्वदलिय भेलाले विभिन्न समस्याको बारे नगर प्रमुख लाई ध्यानाकर्षण पत्र वुझाएको थियो । उत्त विषयमा स्थलगत अवलोकन गरी सम्वन्धित सरोकारवालासँग छलफल गर्ने तथा खानेपानी उपभोक्ता समितिलाई आगामी वोर्ड वैठकमा छलफलको लागि वोलाउने पनि निर्णय गरेको छ । त्यस्तै खानेपानी तथा सरसफाई ब्यवस्थापन कार्यविधि निर्माण गर्न समिति पनि गठन गर्ने वैठकले निर्णय गरेको छ ।