टिप्पर दुर्घटनामा चार जना घाइते
टिप्पर दुर्घटनामा चार जना घाइते
गोरखा ः गोरखा–आरुघाट सडक खण्ड अन्तरगत डाडावेसीमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
विहिबार विरगन्जबाट इटा लिएर आरुघाट जाँदै गरेको ना ८ ख ५९३६ नम्वरको टिप्पर भिमसेन थापा गाउँपालिका ३ डाडाँवेसीमा व्रेक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा वारा जिल्ला कलैयाका रोसन यादव, वारा जिल्ला गमरिया गाउँपालिकाका रामविश्व पासवान, भिमसेन थापा–२ ओख्लेका महेन्द्र भट्टराई र गंगा लामिछाने घाइते वनेका छन् । उनिहरुको आरुचनौट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको थियो । दुर्घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।