गोरखा अस्पतालमा दुरविनको माध्यमबाट पाठेघरको शल्यक्रिया
गोरखा अस्पतालमा दुरविनको माध्यमबाट पाठेघरको शल्यक्रिया
गोरखा ः गोरखा अस्पतालमा पहिलो पटक दुरविनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने अप्रेसन भएको छ ।
भिमसेन थापा गाउँपालिका–१ निवासी ३८ वर्षिय महिलाको करिव एक वर्ष देखि तल्लो पेटमा निरन्तर मासु वढीरहेको भन्दै गोरखा अस्पतालमा उपचारका लागि आएकी थिइन् । अस्पतालमा भिडियो एक्सरे गर्दा पाठेघरमा १० सेन्टिमिटरको ट्युमर देखिएको थियो । सोहि क्रममा विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया गरिएको हो । ल्याप्रोस्कोपिक सर्जरी अर्थात दुरविनको माध्यमबाट पाठेघर र ट्युमर दुवै निकाली सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । शल्यक्रिया मार्फत निकालिएको ट्युमरको तौल करिव एक किलोको रहेको अस्पतालले जनाएको छ । शल्यक्रियामा ल्याप्रोस्कोपिक स्त्री रोग विशेषज्ञ डा राजन महत, विश्वराज खड्का, एनेस्थेसियालोजिस्ट डा शभ्भु अधिकारीको टिम रहेका थिए । शल्यक्रया पछि विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।