औषधि ब्यवसायी संघको अध्यक्षमा अर्याल
औषधि ब्यवसायी संघको अध्यक्षमा अर्याल
गोरखाः नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा विनोद अर्याल निवाचित भएका छन् ।
शनिबार भएको अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्दिप गोर्खाली, उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, रमा अर्याल वस्नेत, महासचिवमा तेजेन्द्र तिवारी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा सचिन श्रेष्ठ र उपकोषाध्यक्षमा विजय तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मि मग्राती, दिपक भट्ट र शुशिल भण्डारी निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, नेपाल औषधी व्यवसायी संघका प्रदेशको तर्फबाट कृष्ण कुमार पाण्डे, गोरखा उद्योग वाणिज्य सघंका मानकाजी श्रेष्ठ, पत्रकार महासंघका सचिव विकाश मरहट्टा, लगायतले मन्तव्य राखेका दिए ।