चोरी घटनाका आरोपित पुर्पक्षका लागि थुनामा
चोरी घटनाका आरोपित पुर्पक्षका लागि थुनामा
गोरखाः चोरीको आरोपमा पक्राउ परेका मोहम्मद जफरलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।
चैत २१ गते गोरखा नगरपालिका–८ पेट्रोल पम्प स्थित रामकुमारी भट्टको घरको कोठाको ढोका फुटाई सुनको सादा रिङ, सुनको हार, सुनको झुम्का, सुनको चुरा, सुनको सिक्री, सुनको टप १÷१ थान, एक जोर झुम्का, नगद १० हजार र सामसुङ कम्पनीको मोवाइल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनी पक्राउ परेका थिए ।
भारत इस्लामापुर वडा नम्वर ८ रक्सौल पुर्वी चम्पारण विहार घर भइ गोरखा नगरपालिका–८ सिमलगैरी वस्ने ३२ वर्षिय मोहम्मद जफर चैत २१ गते पक्राउ परेका थिए । उनको शरिर खनतलासीको क्रममा चोरी भएको मोवाइल फेरा परेको थियो ।
आरोपित विरुद्ध चैत २२ गते नकवजनी चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भएको थियो । सोमबारको जिल्ला अदालतको आदेशले आरोपित पुर्पक्षका लागि कारागार थुनामा पठाइएको हो ।