मौरी घार वितरण
मौरी घार वितरण
गोरखाः पालुङटार नगरपालिका–९ मा मौरी घार वितरण गरिएको छ । वडा कार्यालयले अनुदानमा ३५ जना कृषकहरुलाई मौरि घार वितरण गरेको हो ।
वडा कार्यालयको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लागत साझेदारीमा मौरी घार वितरण भएको हो । बडा कार्यालयले ७ हजार र कृषकको ५ हजार लगानीमा मौरी घार उपलब्ध गराइएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
मौरी घार वितरणका लागि वडा कार्यालयको दुइ लाख ४५ हजार छुट्टाएको थियो । मौरी पालन गर्न इच्छुकलाई घार वितरण गरिएको उनले बताए ।
वडामा एउटै किसानले २०÷२५ घारमा पनि मौरी पालन गरेका छन् मौरी पालनका लागि उपयुत्त क्षेत्र छनौट गरेर घार वितरण गरिएको उनले बताए ।