छेवेटारमा क्रिकेट मैदान निर्माण शुरु
छेवेटारमा क्रिकेट मैदान निर्माण शुरु
गोरखाः गोरखा नगरपालिका–१० स्थित छेवेटारमा क्रिकेट मैदान निर्माण शुरु भएको छ । जिल्लामै पहिलो क्रिकेट मैदान निर्माण हुन लागेको हो ।
क्रिकेट मैदान निर्माणका लागि वडा कार्यालयबाट १० लाख बजेट विनियोजन गरि काम सुरु गरिएको वडाध्यक्ष प्रदिप कँुवरले जानकारी दिए । सार्वजनिक जग्गामा ८०÷८० क्षेत्रफलमा गोलो आकारको क्रिकेट मैदान निर्माण शुरु गरिएको उनले बताए ।
चालु अर्थिक वर्षमा मैदान निर्माण सक्ने लक्ष्य राखिएको छ । ‘अहिले सामान्य तवरले मैदान वनाउँछौ, मैदानमा आागमी वर्ष पनि स्तरोउन्नतीको काम हुन्छ,’ उनले भने,‘यो वर्ष मैदानमा पिजको काम पनि हुन्छ ।’ छेवेटारमा रहेको फुटवल मैदान नजिकै क्रिकेट मैदानको पनि निर्माण शुरु गरिएको हो ।
‘एउटा क्रिकेट मैदान चाहिन्छ भनेर आवश्यकता महसुस गरी निर्माण शुरु गरेका हौँ,’ उनले भने । पछिल्लो समय क्रिकेट प्रति आकर्षण वढ्दो रहेकाले खेलाडी उत्पादनमा पनि मैदान निर्माण पछि सहज वन्ने अपेक्षा राखिएको छ ।
‘युवाहरुको मागलाई पनि ध्यान दिएर मैदान निर्माण गरेका हौँ,’ उनले भने । छेवेटारमा फुटवल मैदान, क्रिकेट मैदान सँगै भलिवल खेल प्रेमीहरुका लागि पनि संरचना निर्माणको योजना रहेको उनले सुनाए ।