आमा घरको लागि विविध सामाग्री सहयोग गरिने
आमा घरको लागि विविध सामाग्री सहयोग गरिने
गोरखाः गण्डकी गाउँपालिका भित्र रहेको आमा घरका लागि असल छिमेकी नेपालले विविध सामाग्री सहयोग गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेको स्वास्थ्य चौकिहरुमा गर्भवती हुँदा निशुल्क वसाई ब्यवस्थापनका लागि आमा घरमा सामाग्री सहयोग साझेदारी गर्ने गरि गाउँपालिका र असल छिमेकी नेपाल विच सम्झौता भएको हो ।
सम्झौता अनुसार असल छिमेकी नेपालबाट ९ लाख र गाउँपालिबाट ३ लाख गरि गाउँपालिका भित्रको स्वास्थ्य चौकिमा १२ लाख बरावरको सामाग्री ब्यवस्थापन यस वर्ष हुने भएको छ । गर्भवती महिलाहरुलाई निशुल्क वस्न र खानाका लागि सहयोग उपलब्ध हुने जनाइएको छ ।