आगोलागीले घर र गोठमा क्षती
आगोलागीले घर र गोठमा क्षती
गोरखा ः जंगलमा लागेको आगो वस्ती पस्दा दुइ घर र एक गोठमा क्षती पुगेको छ ।
गोरखा नगरपालिका–५ मा डढेलोका कारण २ घर, १ भान्सा घर र १ गोठ जलेर नष्ट भएको छ । वडा नम्वर ५ ठुलोरिप स्थित नजिकैको जंगलमा लागेको डढेलो फैलिर्द आइ घर र गोठ जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
रुपा रानाको जस्ताले छाएको एक तले २ कोठे घर र भान्सा घरमा क्षती पुगेको छ । त्यस्तै पर्वाती रानाको एक तले २ कोठे घर र पुर्णबहादुर राना मगरको गोठ जलि पुर्ण रुपमा क्षति भएको श्रेष्ठले बताए । आगोलागीका कारण घरमा रहेको लत्ता कपडा लगायतको सामाग्रीमा पनि जलेर नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन ।
घर भित्र रहको केहि अन्न, पैसा लगायतका सामाग्रीहरु भने जोगाउन सफल भएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिव डेढ घण्डामा आगो नियन्त्रण लिएको वडा नम्वर ५ का कार्यवाहक वडाध्यक्ष हरेराम पोखरेलले जानकारी दिए । त्यस्तै पालुङटार नगरपालिका–९ चालिसेडाडामा ३ वटा गोठमा आगोलागिले क्षती पुगेको छ । विद्युत लाइन सट भएर लागेको आगोका कारण ३ वटा गोठमा क्षती पुगेको प्रहरीले जनाएको छ ।