फुटबल प्रतियोगितामा गोरखा अस्पतालको टिम पहिलो
फुटबल प्रतियोगितामा गोरखा अस्पतालको टिम पहिलो
गोरखा ः आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखा द्धारा आयोजित ७ ‘ए’ साइट फुटबल प्रतियोगिमा गोरखा अस्पतालको टिम पहिलो वनेको छ ।
प्रथम अन्तर पालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलमा आरुघाट गाउँपालिकाको टिमलाई हराउदै गोरखा अस्पतालको टिम पहिलो वनेको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले जानकारी दिए ।
पहिलो वनेको गोरखा हस्पिटलले १५ हजार नगदको साथमा टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेका आरुघाट गाउँपालिकाले भने मेडल र प्रमाण पत्र प्राप्त गरेको थापाले जानकारी दिए ।
प्रतियोगतामा गडण्की गाउँपालिका, सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका, भिमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा अस्पताल गरि १२ टिमका सहभागिता रहेको थापाले जानकारी दिए ।