खालि गाग्री सहित प्रदर्शन
खालि गाग्री सहित प्रदर्शन
गोरखाः धारामा पानी नियमित नआएपछि गोरखा नगरपालिका–७ र ८ का स्थानीय वासिन्दाले खाली ग्राग्री सहित प्रदर्शन गरेका छन् ।
विहिबार रानीवन छाप खानेपानी र खोलखोले तारेभिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गाग्री सहित जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका हुन् । उनिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत वुझाएका छन् । खानेपानी अभावमा निकै समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।
‘१० दिनमा एक दिन पानी आउँछ, त्यो पानी कति प्रयोग गर्ने,’ स्थानीय आरती अधिकारीले भनिन् । दरौदी लिफ्टिङ खानेपानी संस्थाको चरम लापरवाहीले पानी वितरण हुन नसकेको ज्ञापनपमा उल्लेख छ । खानेपानी जस्तो संवेदनसिल विषय राजनितिक दलदलमा फसेको पनि उनिहरुको गुनासो छ ।
दरौदी लिफटीङ खानेपानी संस्थाले गोरखा नगरपालिका, उपभोक्ता मञ्च, संघर्ष समिति, राजनितिक दल राखेर सार्वजनिक सुनुवाई गरी आयोजना हस्तान्तरण गर्नु पर्ने माग पनि उनिहरुले राखेका छन् । अलपत्र रहेको कामको अनुगमन पश्चात मात्र गोरखा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने, आयोजनामा आर्थिक पारदर्शिता नदेखिएको र काल्पनिक मुल खडा गरी उठाइएको रकम तत्काल फिर्ता गर्नुपर्ने पनि स्थानीयले ज्ञापनपत्र मार्फत माग राखेका छन् ।
एक हप्ता भित्र सवै आयोजना संझौता स्थल भित्रका उपभोक्तालाई खानेपानी उपलव्ध गराउनु पर्ने माग पनि राखिएको छ । माग पुरा नभए संघर्षका थप कार्यक्रम गर्ने चेतावनी दिइएको छ । त्यस्तै गोरखा नगरपालिका–८ स्थित रिपुर्मदन गणलाई खोलखोले तारेभिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुलबाट पानि प्रयोग गरेको हुदा उक्त संस्थाको नियम अनुसार मिटर जडान गर्न पनि अग्रह गरिएको छ । तर गणले आनाकानी गरेको उपभोक्ताको गुनासो छ ।