गोरक्षनाथ वैदिक गुरुकुललाई सहयोग
गोरक्षनाथ वैदिक गुरुकुललाई सहयोग
गोरखा ः चितवनको भरतपुरमा रहेको चितवन युवा मञ्च सामाजिक संस्थाले गोरखा नगरपालिका–६ मा रहेको गोरक्षानाथ वैदिक गुरुकुललाई खाद्यान्न र स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमका विच संस्थाले स्टेशनरी सामाग्री र खाद्यान्न उपलब्ध गराएको हो । विभिन्न ब्याक्तिबाट संकलन गरिएको ६८ हजार रकमबाट चामल, तेल लगायतको खाद्यान्न तथा स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।