बुढीगण्डकी आयोजना निर्माणका लागि बजेट छुट्टाउन माग
बुढीगण्डकी आयोजना निर्माणका लागि बजेट छुट्टाउन माग
गोरखा ः प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले वुढीगण्डकी जलविद्युत आयोजनाले छिट्टै निर्माणको क्रममा जाने बताएका छन् ।
शुक्रबार सदरमुकाममा सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रममा वोल्दै ढकालले वुढीगण्डकी आयोजना सरकारको प्राथमिकतामा रहेको बताए । ढकालले जिल्लाका विभिन्न योजनालाई प्राथमिकता दिन पनि माग राखेका छन् ।
अर्थमन्त्री बर्षमान पुन समक्ष वुढी गण्डकी जलाशययुत्त जलविद्युत आयोजना यसै आर्थिक वर्षबाट निर्माण कार्य शुरु गरि गरि प्रयाप्त वजेट विनियोजनका लागि ध्यानाकर्षण गराएका हुन् । त्यस्तै गोरखा नगरपालिका–६ गोरखनाथ मन्दिर परिसरमा गोरक्षधाम आश्रम निर्माणका लागि ५ करोड, गोरखा नगरपालिका–३ र ४ को नारेश्वर –थापागाउँ–जोगिआहल–डेरा गाउँ सडक(चक्रपथ) कालोपको लागि आवश्यक वजेट समावेशको पनि माग राखेका छन ।
गोरखकाली मन्दिर–छेवेटार–भुलभुले खार, लिगलिगकोट–छेवेटार–विरिन्चोक–वक्राङ–मनकामना मन्दिर सडकको स्तरोउन्नती, बेनिघाट लार्के सडक, गोरखा नगरपालिका देखि झिगटे भञ्ज्याङ हुदै अश्राङ–वोर्लाङ ऐरिभज्याङ–महादेवटार मोटर बाटो स्तरोउन्नतीका लागि पनि वजेट ब्यवस्थापनको माग गरेका छन् । त्यस्तै घ्याम्पेशाल देखि आरुघाट–आर्खेत मोटर बाटो स्तरोउन्नती, गोरखकाली रवर उद्याग संचालन, पालुङटार यारपोट संचालन, मनकामना मन्दिर परिसरमा हेल्थपोष्ट संचालनका लागि पनि वजेट विनियोजनको माग गरिएको छ । शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय मुद्धामा कुनै दल पनि पक्ष विपक्षमा हुन नहुने धारणा राखे । ‘विकास निर्माण र राष्ट्रिय मुद्धामा सवै एक भएर अघि वढ्नुपर्छ,’ उनले भने ।