लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा जोशि
लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा जोशि
गोरखा ः लायन्स आँखा सेवा केन्द्रको दोस्रो अधिवेशनबाट अध्यक्षमा श्रवण कुमार जोशि निर्वाचित भएका छन् ।
लायन्स क्लव अफ गोरखा बाट संचालित केन्द्रको अधिवेशनले उपाध्यक्षमा अन्जित कुमार श्रेष्ठ, सचिवमा क्लवका पुर्व अध्यक्ष श्याम बाबु श्रेष्ठ, कोषाध्यक्षमा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मण वावु आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भाइचन्द्र श्रेष्ठ, कपिल वावु अर्याल, चन्द्रनवावु खत्री, भगवान वावु मास्के, गोविन्द वहादुर गुरुङ निर्वाचित बनेका छन् ।
योङ कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष चेतराज पन्त, गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।