उत्पादनमा आधारित अनुदान वितरण
उत्पादनमा आधारित अनुदान वितरण
एकै किसानले पाए ३७ हजार
गोरखाः गण्डकी गाउँपालिकाले किसानहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ ।
पालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तगत उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रमका लागि गत माघमा सहकारी सँग सम्झौता गरेको थियो ।
वडा नम्वर ८ को सामुहिक कृषि सहकारी मार्फत सवैभन्दा धेरै तरकारी विक्रि गर्ने लब वहादुर भुजेलले फागुन महिनामा मात्र ३७ हजार ५ सय १८ रुपैया प्राप्त गरेका छन् । उनले १८ हजार सात सय ५९ केजी तरकारी विक्रि गरि सवैभन्दा धेरै अनुदान रकम प्राप्त गरेका हुन ।
फागुन महिनामा वडा नम्वर ८ को सामूहिक कृषि उत्पादन सहकारीबाट ६० जना कृषकहरुको विवरण प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सामुहिक कृषि सहकारीका ६० किसानलाई तिन लाख ४८ हजार नौ सय ४८ रुपैया, वडा नम्वर ७ को जनकल्याण ताजा सहकारी उत्पादक कृषि सहकारी संस्थाका ३७ जना किसानले ४६ हजार चार सय ५४, वडा नम्वर ६ को भैरवी कृषि सहकारी संस्थाका घज्ञ किसानलाई ५५ जार नौ सय ६८ रुपैया वितरण भएको छ ।
हाल सम्म चार लाख ५१ हजार तिन सय ७० रुपैया भुक्तानी भएको जनाइएको छ । उत्पादनमा आधारित अनुदान रकम कृषि शाखाको आयोजनामा भउको दुइ दिने विषादी नियन्त्रण सम्वन्धी तालिमको अवसरमा गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाले वितरण गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष लगायतका जनप्रतिनिधिको पनि सहभागीता रहेको थियो ।