विश्व रेडक्रस दिवसको अवसरमा खाद्यान्न वितरण
विश्व रेडक्रस दिवसको अवसरमा खाद्यान्न वितरण
गोरखा ः विश्व रेडक्रस दिबसको अबसरमा गोरखा नगरपालिका–८ को जुनियर रेडक्रस सोसाइटी सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
विद्यार्थीहरुद्धारा संकलित खाद्यान्न सामाग्री सहयोग गरिएको हो । वुधबार एक कार्यक्रमका विच जुनियर रेडक्रस सोसाइटीले सामाग्री वितरण गरेको हो । त्यस्तै विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी वुंकोट उपशाखाले पनि उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति भिमसेन काजी वानियाँ, नेपाल रेडक्रस सोसाइटी वुंकोट उपशाखाका सभापति इन्द्रराज ढकाल लगायतको सहभागीता रहेको थियो ।