ट्राफिक सप्ताह अन्तरगत सचेतनामुलक कार्यक्रम
ट्राफिक सप्ताह अन्तरगत सचेतनामुलक कार्यक्रम
गोरखा ः ट्राफिक सप्ताह अन्तरगत शनिबार पाँचौ दिन विभिन्न सचेतनामुलक कार्यक्रम भएका छन् ।
ग्रामिण पोष्टहरु तथा सदरमुकाम केन्द्रित रही सार्वजनिक तथा निजी सवारीसाधन चलाउने सवारी चालक, सहचालक, प्रशिक्षण सवारी साधनको अनुगमन भएको छ । ट्राफिक प्रहरीले तिव्रगति नियन्त्रण, ओभरटेक सम्वन्धि प्रशिक्षण, भाडादर अनुमगन, आरक्षण सिटको कार्यन्वयन तथा परिचालकका पोशाक अनुगम पनि गरेको छ । चालक यात्रु मैत्री कार्यक्रमहरु संचालन पनि शनिबार भएको छ । त्यस्तै सचेतना सम्वन्धी दुइ वटा वोर्ड पनि राखिएको छ । त्यस्तै सप्ताह अन्तरगतको चौथो दिन शुक्रबार १० वटा स्थानीय तहमा सचेतनामुलक कार्यक्रमहरु गरिएको थियो । रिपुमर्दन गण नाम्जाली डाँडामा कार्यरत १२० जना नेपाली सेना, शसस्त्र प्रहरी गुल्म गोरखामा कार्यरत ७८ जना शसस्त्र प्रहरी, मनकामना वहिरा माविका शिक्षक र विद्यार्थी तथा नवज्योती मावि घ्याम्पेशालमा अध्ययन गर्ने विद्यार्थीलाई पनि ट्राफिक सचेतना दिइएको छ । शुक्रबारको सचेतनामुलक कार्यक्रमबाट ६ हजार ८ सय ५२ तथा शनिबार ९ हजार ९१ जना लाभान्वीत भएका छन् । ट्राफिक सप्ताह अन्तरगतको वैशाख २५ गतेबाट शुरु भएको कार्यक्रम ३१ गते सम्म हुने छ ।