कलाकृतिमा उतारियो धार्चेको संस्कृति र भूगोल

कलाकृतिमा उतारियो धार्चेको संस्कृति र भूगोल


आइतवार, बैशाख ३०, २०८१


कलाकृतिमा उतारियो धार्चेको संस्कृति र भूगोल

मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई चित्रकलामा उतारिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका आयोजनामा स्थानीय खोर्लाबेँसीमा भएको ‘धार्चे चित्रकला कार्यशाला’मा २० जना कलाकारले आफ्ना कलाकृतिमा पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई ‘क्यानभास’मा उतारे । कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबीच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ प्रदीप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गरे । कार्यशाला अगाडि कलाकारहरुले पालिकाको कलासंस्कृति, जीनवशैली, रीतिरिवाज र भूगोग बुझ्न खोर्लाबेँसीदेखि हुलचुकसम्म भ्रमण गरेका थिए । सो अवसरमा उनले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचारप्रसार गर्न पालिकालाई सहज हुने धारणा राखे । अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्रहालयको अवधारणा तयार गर्न पनि पालिकालाई सुझाव दिए कलाकार दीपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको औंल्याउँदै आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिए । गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताए । उनले कार्यशालामा सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे । गण्डकी प्रदेशअन्तर्गत गोरखाको उत्तरपूर्वी क्षेत्रमा धार्चे गाउँपालिका अवस्थित छ । धार्चे जिल्ला सदरमुकाम गोरखाबाट करिब ७२ किमी उत्तरपश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको उक्त गाउँपालिकाको दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र पश्चिममा बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । पर्यटन पदयात्रा तथा सांस्कृतिक, धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि धार्चे प्रसिद्ध मानिन्छ । कृषि तथा पशुपालन मुख्य मेरुदण्डका रुपमा रहेको धार्चे पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा पनि विकास हुँदै गइरहेको छ गाउँपालिकाले पर्या–पर्यटन, साहसिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई विशेष जोड दिई धार्चेमा रहेको विभिन्न समुदाय र उनीहरुको मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्व, जात्रा तथा नाचलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै आइरहेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda