चालक–सहचालकको स्वास्थ्य परिक्षण
चालक–सहचालकको स्वास्थ्य परिक्षण
गोरखा ः ट्राफिक सप्ताह अन्तरगत छैटौ दिन आइतबार सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
सदरमुकाम लगायत पाँच स्थानमा चालक÷सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । गोरखा नगरपालिका–९ को ठिगुरेस्वाँरा, अजिरकोट गाउँपालिका–३ भच्चेक, सिरानचोक गाउँपालिका–६ नयाँसाघु, आरुघाट गाउँपालिका–८ आरुघाट र भिमसेन थापा गाउपालिका–१ पिपलडाडामा चालक सहचालकको स्वास्थ्य परिक्षण गरिएको थियो । ५ स्थानमा १ सय ४८ चालक÷सहचालकको स्वास्थ्य परिक्षण भएको थियो । त्यस्तै सवारी साधनको मेकानिकल चेकजाँच, सार्वजनिक र निजी विद्यालयका शिक्षक विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम पनि संचालन गरिएको छ । ७ सय ६८ सवारीको मेकानिकल परिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना सम्वन्धी पर्चा वितरण पनि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । १५ स्थानमा भएको पर्चा पम्प्लेट वितरणबाट दुइ हजार दुइ सय ३२ जना लाभान्वित भएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।