चलचित्र पर्यटनको प्रवद्र्धनमा जोड
चलचित्र पर्यटनको प्रवद्र्धनमा जोड
गोरखा ः धार्चे मनास्लु पर्यटन विकास समितिले चलचित्र पर्यटनको लागि संभावित विभिन्न ठाउँहरु प्रस्ताव गरेको छ ।
हिमाली क्षेत्रमा चलचित्र पर्यटनलाई प्रवद्र्धन गर्नूपर्नेमा समितिले जोड दिएको हो । धार्चे डाडाँ र भच्चेक क्षेत्र, चुमनुब्री गाउँपालिका–३ टेन्ट टेªकिङ गर्ने रुविनाला क्षेत्रमा बौद्ध हिमालबाट आएको हिउँपहिरो ग्लीसियर र जोङ्गचेत क्षेत्रमा हेलिकप्टरबाट १ दिने चलचित्र पर्यटन क्षेत्र हुने सम्भावना औल्याइएको छ । जोङ्गचेतको ३ ठाउँमा गुफाहरु रहेका छन् । चुमनुब्री गाउँपालिका–४ प्रोक स्थित कालताल र हिमालचुलि वेसक्याम्प, हिनाङ गुम्बा स्याला, पुन्कीङ गुम्बा, पुरानो मनास्लु बेस क्याम्प र नयाँ मनास्लु बेसक्याम्प, सामागाउँको विरेन्द्र ताल, लार्के बजार क्षेत्रमा पदयात्राबाट ७ दिन र हेलिकप्टरबाट १ दिन चलचित्र पर्यटन हुने संभावना औल्याइएको छ । धार्मिक पर्यटन चलचित्र क्षेत्रमा सेराङ्ग गुम्वा, राजेन गुम्वा, मुगुम्वा गणेश हिमाल क्षेत्रमा हेलिकप्टरबाट २ दिन र पैदल मार्गबाट ८ दिन लाग्ने, धार्चे गाउँपालिका–१ गणेश हिमाल ३ र २ जाने पदमार्ग र केरौंजा गणेश कुण्डमा हेलिकप्टरबाट १ दिन र पैदालमार्गबाट ९ दिन लाग्न लाग्ने, धार्चे गाउँपालिका–३ र चुमनुब्री गाउँपालिका–३ नसेराङ्ग, दुधपोखरी र धार्चे गाउँपालिका–५ रुकाङ इलाकामा पैदलमार्गबाट ३ दिन र हेलिकप्टरबाट १ दिनमा चलचित्र पर्यटन गन्तव्य क्षेत्र अवलोकन गर्न सकिने संभावना बारे औल्याइएको हो । धार्चे डाडा, पङ खर्क, भिमसेन पार्क, लिगलिग कोट, सिरानडाडा, नागेपोखरी, नारदपोखरी, रुविनाला अन्तरर्गत क्षेत्रमा पनि सुटिङ गर्न सक्ने अवस्था रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । पर्यटकीय गन्तब्यमा चलचित्र सुटि गर्दा यसको प्रचार प्रसारमा पनि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।