फेक फेसवुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
फेक फेसवुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
गोरखा ः फेक फेसवुक एकाउन्ट बनाएर अनवाश्यक पोस्ट गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–२ वस्ने २५ वर्षिय मनध्वज घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
२३ वर्षिय एक युवतीको नाममा फेक फेसवुक एकाउन्ट बनाएर अश्लिल भिडियो र तस्विरहरु राखी अनावश्यक पोष्ट गरेको भन्दै पिडितले दिएको जाहेरीको आधारमा आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । अश्लिल भिडियो र तस्विरहरु राखेर वेइज्जती गरेको पिडितले दिएको जाहेरी दरखास्तमा उल्लेख छ । शुक्रबार पक्राउ परेका आरोपित विरुद्ध आइतबार विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमती लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।