ट्राफिक सप्ताहको समापन
ट्राफिक सप्ताहको समापन
गोरखा ः सडक अनुशासन पालना गराउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले संचालित ट्राफिक सप्ताहको समापन गरिएको छ । वैशाख २५ गतेबाट सोमबार सम्म संचालन भएको सप्ताह अन्तरगत ६ सय ७५ वटा विविध कार्यक्रम भएका थिए ।
सप्ताह अन्तरगत चालक सहचालक प्रशिक्षण तथा स्वास्थ्य चेकजाँच, सर्वसाधारणलाई ट्राफिक सचेतना, सेना÷सशस्त्र÷प्रहरी प्रशिक्षण, पर्चा पम्प्लेट वितरण, रक्तदान लगायतका कार्यक्रम भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव प्रसाद पाठकले जानकारी दिए ।
सप्ताहको अन्तिम दिन सोमबार अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका ५० प्रतिशत भन्दा बढी सवारी साधनहरुको कागज पत्र नविकरण नभएको पाइएको उनले बताए ।
छोटो दुरीका यात्रुले सवारी नपाउने विषयमा यातायात व्यवसायी र ट्राफिक प्रहरी विच समन्वय गर्ने, १२ किलो जस्ता ठाउँहरुमा वोर्डहरु राख्नु पर्ने जस्ता सुझावहरु कार्यक्रमका सहभागीले दिएका थिए ।
सप्ताहले सवारी दुर्घटना न्यूनिकरणका लागि व्यक्ति स्वंय सचेत हुनुर्ने, पैदलयात्रु पनि सचेत वन्नुपर्ने जस्ता सन्देशको प्रभाव भएको उनले बताए ।
प्रयाप्त मात्रामा स्रोत साधन उपलब्ध गराउन नसकिएको, श्रोत साधनको अभावमा ग्रामिण क्षेत्र लक्षित कार्यक्रम पर्याप्त हुन नसकेको पनि अन्तक्रिया कार्यक्रममा वताइएको छ ।