‘प्रहरी सँग एक दिन’ कार्यक्रम संचालन
‘प्रहरी सँग एक दिन’ कार्यक्रम संचालन
गोरखा ः जिल्ला प्रहरी कार्यालय गोरखाले ‘प्रहरी सँग एक दिन’ कार्यक्रम संचालन गरेको छ ।
१४ देखि १८ वर्ष सम्मका किशोर किशोरीका विरुद्ध हुने साइबर हिंसा, यौन हिंसा तथा लागुऔषध दुब्र्यसनी घटनाको नियन्त्रण र अनुसन्धान गर्ने उदेश्यले प्रहरी सँग एक दिने कार्यक्रम आइतबारबाट शुरु गरिएको हो । आइतबार शक्ति माविका ९ र १० का ९२ विद्यार्थीलाई लक्षित गरि उत्त कार्यक्रम गरिएको थियो । सोमबार मोर्डन सेकेण्डरी इङलीस वोडिङ स्कुलका विद्यार्थीहरुलाई सचेतना दिइएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायीक प्रहरीसेवा केन्द्र तथा सामुदायीक सेवा केन्द्रको आयोजनामा कार्यक्रम भएको हो । विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, सिसिटिभी तथा संचार कक्ष सम्वन्धी विभिन्न विषयहरुको वारेमा पनि जानकारी गराइएको छ । साइवर क्राइम, यौन दुब्र्यवहार र लागुऔषध सम्वन्धी सचेतनामुलक भिडियो पनि प्रदर्शनी गरिएको थियो । अपराधको जानकारी तथा अधययन र विश्लेषण गर्न तयार गरिएको प्रश्नावली पनि सहभागीलाइ वितरण गरिएको थियो । संकलित विवरण अनुसार यौन हिंसा, साइवर अपराध सम्वन्धि घटनाको सुचना पनि प्राप्त भएको र सो सम्वन्धमा आवश्यक छानविन र अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।