जवरजस्ती करणी घटनाका आरोपित पुर्पक्षका लागि थुनामा
जवरजस्ती करणी घटनाका आरोपित पुर्पक्षका लागि थुनामा
गोरखा ः १९ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेन थापा गाउँपालिका–१ का ४५ बर्षिय कुलमान वरामलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।
गत फागुन २४ गत शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै पिडितको आमा मार्फत आएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई प्रहरीले वैशाख ६ गते पक्राउ गरेका थियो । पक्राउ परेका आरोपितको अनुसन्धान पश्चात सोमबार जिल्ला अदालतमा पेश भएको थियो । जिल्ला अदालतको सोमबारको आदेशले आरोपितलाई कारागार थुनामा पठाइएको हो ।