बुढीगण्डकीको निर्माण शुरु गर्न आवश्यक बजेट विनियोजनको माग
बुढीगण्डकीको निर्माण शुरु गर्न आवश्यक बजेट विनियोजनको माग
वुढीगण्डकी क्षेत्रका सुकुम्वासी र अब्यवस्थित वसोवासीको समस्या समाधानको पनि माग
गोरखाः वुढीगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रमा रहेको सुकुम्वासी र अब्यवस्थित वसोवासीको समस्या समाधान गर्न माग गरिएको छ ।
वुढीगण्डकी सरोकार समितिले प्रधानमन्त्री पुष्ककमल दाहाललाई ज्ञापनपत्र वुझाउँदै सुकुम्वासी र अब्यवस्थित वसोवासी सँगै घर, गोठ, वोट विरुवाको मुआब्जा वितरण गर्न वाकी रहेकालाई अविलम्व मुआब्जा वितरणको माग गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ को शुरुवातमा आयोजना शुरु गर्न पनि माग गरिएको छ । अन्यथा जनताको लालपुर्जा फिर्ता गर्न ज्ञापनपत्र मार्फत भनिएको छ । सार्वजनिक संघ संस्थाहरु कहाँ रहने के गर्ने छिटो भन्दा छिटो स्थानीय तहहरुलाई विश्वासिलो निर्देशन गर्न पनि प्रधानमन्त्री समक्ष माग गरिएको हो । वुढीगण्डकी सरोकार समितिका अध्यक्ष जगनाथ खनाल लगायतका प्रभावित क्षेत्रका वासिन्दाले आयोजना वन्ने विश्वासिलो आधार तयार पार्न माग गरे । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट अधिवेशन अगावै आयोजना वारे प्रभावित क्षेत्रका वासिन्दाले ध्यानाकर्षण गराएका हुन् । वुढीगण्डकी जलविद्युत आयोजनाका लागि हाल सम्म मुआब्जा वितरण र कर्मचारी लगायतका कार्यमा ४५ अर्व खर्च भइसकेको छ । आयोजनाका कारण ५६ हजार रोपनी जमिन र ३६ सय घर धुरीका वासिन्दा विस्थापति हुने छन् । फिल्डवुकमा नाम भएको तर पुर्जामा नभएको प्रभावित क्षेत्रका वासिन्दाको समस्या तुरुन्त समाधान गर्न पनि प्रधानमन्त्री समक्ष माग गरिएको छ । पुनर्वासको लागि अधिग्रहण गर्न रोक्का गरिएका किसानका जमिन फुकुवा गर्न र पुनर्वासको प्रक्रिया थाल्न पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ । प्रधानमन्त्री निवास वालुवटारमा ज्ञापन पत्र वुझाउँदै अर्थ मन्त्रालय र उर्जा मन्त्रालय वाट मोडालिटी र अर्थको स्रोत सुनिश्चता भएको अवस्थामा ढिलासुस्ती र टार्ने प्रवृत्तिको अन्त्यगरि आगामी बजेटमा आयोजना सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्न माग गरिएको छ । राष्ट्रीय गौरवको बुढीगण्डकी आयोजनाको निम्ति छुट्टाइएको इन्धनको शुल्क जुन प्रयोजनमा लगाइएको हो सोहि प्रयोजनमा लगाउने वातावरण वनाउन पनि माग गरिएको छ । राष्ट्रिय गौरवको योजना प्रभावित पार्न खोज्ने राजनैतिक र प्रशासनीक ब्याक्तिहरुको खोजी गरि कारवाही गर्न पनि माग गरिएको छ ।