पौडी खेल्ने क्रममा डुवेर दुई जनाको मृत्यू
पौडी खेल्ने क्रममा डुवेर दुई जनाको मृत्यू
गोरखा ः पौडी खेल्ने क्रममा डुवेर दुइ जनाको मृत्यू भएको छ ।
गोरखा नगरपालिका १० छेवेटार स्थित दरौदी नदिमा पौडी खेल्न गएका १९ वर्षि समिर श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
झापा कमला गाउँपालिका–५पाडाजुङ्गे स्थायी घर भइ पालुङटार नगरपालिका–१ खोप्लाङ वस्ने श्रेष्ठ शुक्रबार नदिमा डुवेर अचेत भएको अवस्थामा भेटिएपछि स्थानीयको सहयोगमा उद्धार गरि छेपेटार मेमोरियल अस्पताल ल्याइएको थियो । थप उपचारका लागि गोरखा अस्पताल रेफर भएका श्रेष्ठको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमाटम पश्चात परिवारको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै सिरानचोक गाउँपालिका–१ विरौटा वस्ने मनिष भन्ने मेष तामाङको पनि मुगे स्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यू भएको डिएसपी श्रेष्ठले बताए । शव पोष्टमाटमका लागि गोरखा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।