गोरखामा नुनिया जातिको निर्माणमा योगदान
गोरखामा नुनिया जातिको निर्माणमा योगदान
यदु अधिकारी
नेपाल धार्मिक सामाजिक सास्कृतिक भौगोलिक विविधताले भरिपूर्ण मुलुक हो । यस देशमा परापूर्व कालदेखि नै विभिन्न जातजातिहरुले आफ्नो धार्मिक सांस्कृतिक चाडपर्व मनाउदै आइरहेका छन् । हिमाली क्षेत्रमा भोटे लामा गुरुङ, तामाङ, शेर्पा र कतिपय ठाउँमा राई लिम्बूहरुले पनि बसोबास गरेका छन् । आफ्नो जीविकोपार्जनको लागि खेतिपाती र पशुपालन गरेका छन् हाल विज्ञान र प्रविधिको विकास भएपछि नयाँ नयाँ पेशा र पर्यटन जस्ता व्यवसाय पनि अप्नाएका छन् ।
पहाडी क्षेत्रमा गुरुङ ब्राम्हण क्षेत्री मगर र राई लिम्बूहरुको बसोबास रहेको छ । यिनीहरुले पनि खेतिपाती र पशुपालनका साथै फलफूल र तरकारी खेती गरेका छन् । नेपालको अन्न भण्डारको रुपमा परिचित तराई समथर खेतीयोग्य भूमि हो । तराईमा बस्नेहरुलाई पहाडीहरुले मधिसे जाती भनेर चिन्दछन् । यिनीहरुको बीचमा पनि धेरै जातजाति रहेको नेपालको तथ्याङ्क २०७८ ले देखाएको छ । विभिन्न थर भएका तराईका यादव, गच्छेदार, गुप्ता, महत्तो आदि जातिहरु मध्ये नुनीया जाति पनि एक हो । नेपालमा १४२ जातजाति र १२४ भाषाभाषी रहेको २०७८ को जनगणनाले देखाएको छ । जनघनत्व प्रति व्यक्ति १९० देखाएको छ ।
२९१६४५७८ जनगणना रहेको नेपालमा नुनिया जातिको संख्या १०८७२३ देखाएको छ । गण्डकी प्रदेशमा १९९ र गोरखा जिल्लामा ६० जना रहेको कुरो तथ्याङ्क कार्यालयले देखाएको छ । नुनिया जातिका कर्मठ सीप निपूर्ण २ जना तुफान महत्तो र पुनदेव महत्तो निर्माण कर्ताहरु पैतृक थलो १२ जिल्लाको साविक नटुवा गा.पा. विश्रामपुरबाट २०३८ सालमा गोरखा जिल्लामा आएका हौँ भनि बताएका छन् । सरुमा सिमेन्टको ढलानको घर साहुको बनाएको र विसौनी होटलमा टायल लगाउने र पानीको पाइप र जोड्ने काम गरेका हुँ भनि दुबै व्इवसायले बताएका छन् ।
गोरखामा मोटर बाटो बनेपछि क्रमशः सिमेन्टले ढलान गरेका घरहरु बनाउन थालेका हुन् । मैले मात्रै १००० भन्दा बढि घर बनाएको छु होला भनी तुफान महत्तोले बताए । पाइप जोड्ने काम धेरै ठाउँमा गरे हाल ४०००० मिटर भन्दा बढी जडान गरे होला भनि विहान चिया खाने पसलमा कुराकानीको शिलशिलामा दबैजनाले गर्व साथ बताए । हामी संगै अरु पछि आएका हाम्रा तराईका दाजुभाई र नुनिया जातिले गोरखाका निर्माणमा अमूल्य योगदान दिएका छन् भनि बताए यो जातिको धर्म र सस्कृतिको बारेमा चर्चा परिचर्चा चल्यो हिन्दु धर्म मान्ने यो जाति छठ र फागु पूर्णिमालाई विशेष रुपमा मनाउदो रहेछ । यो जातिले सुत्केरी भएको ६ दिनमा शुद्ध भएर लुगा कपडा दिई पूरोहितले बच्चाको नाम राख्दा रहेछन् भात खुवाउने काम छोरीलाई ५ महिना र छोरालाई ६ महिनामा खुवाउँदा रहेछन् ।
पहाडमा जस्तो छेवरमा मामाले बच्चाको कपाल काट्ने चलन रहेनछ । त्यस जातिले विशेष पर्वको दिनमा अथवा गडीमाईको पूजा गरेको दिनमा नाउलाई कपाल काट्न लगाउने चलन रहेछ मन्दिरमा भजनकृतन गरेर त्यस बेलामा उत्सव पनि मनाउँदा रहेछन् । यस जातिमा मागि विवाह हुदो रहेछ । छोडपत्र गर्ने चलन रहेनछ । हाल १÷२ प्रतिशत छोडपत्र गर्दछन् कि भनी बताए यस जातिको भात पानी छेक्ने चलन अच्चमको रहेछ आफ्नो जाति भन्दा ठुलो जाति वा सानो जाति जो सुकैको विवाहमा गएपनि भात पानी छेक्दा रहेछन् पछि पतिया गरेपछि मात्र भात पानी फुक्दो रहेछ ।
नुनिया जातिले अरु जातिसंग विवाह गरेमा भात पानी छेकिदो रहेछ । यो जातिको आफ्नो जाति भित्रको अन्य थरसंग मात्र विवाह हुदो रहेछ । सो कुरोलाई गोरखाका पूर्व प्रहरी हवल्दार राम बाबु अर्यालले पुष्टि गरे । यो जातिको ७ थर हुदो रहेछ त्यसले पहिले पूर्खाले गरेको काम गरेपनि हाल भने आधुनिक पेशा पनि अपनाएको देखिन्छ । यसका ७ थरहरु कोइरी तरकारी खेती गनर्,े मल्लाह माछा मार्ने, वीन माछा मार्ने, नुनिया माटो को काम गर्ने वा खेतिपाती गर्ने, चौहान व्यापार गर्ने, गोडले खाने भूजा भुट्ने, भेडीहरले गाईबस्तु पाल्ने र भेडाबाख्रा पालेर चराउने चलन रहेछ । सो कुरा त्यस क्षेत्रमा प्रहरी सेवा गरेका अर्यालले उनीहरु संगै पुष्टि पनि गरे । तराईमा र पहाडमा हिन्दु धर्मालम्बीहरुको काजक्रिया गर्ने तरिका केही फरक रहेछ ।
पहाडमा छोराहरु सबैले आमा र बाबुको झोपो हालेर १३ दिन सम्म काजब्रिया गरी चोख्याउने चलन छ । तराईमा भने काजक्रिया गर्ने प्रचला फरक छ भनि वार्तालापको क्रममा उनीहरुले बताए काजक्रिया ब्राम्हणले गराउदा रहेछन् मृत्यु भएपछि खोलामा लगेपछि डोमले बाहिर आगो फुकेर दाग बत्ती दिनको लागि उसका छोराहरुलाई दिने चलन रहेछ । क्रियापुत्रीहरु मध्ये १ जनाले तीर लिने चलन रहेछ । मृतकका सबै छोराहरुले झोपो हाले क्रिया बस्नु पर्दो रहेनछ बाबुको मृत्यु भएमा जेठो छोरा र आमाको मृत्यु भएमा कान्छो छोराले काजक्रिया गर्ने चलन रहेछ अरु भाईहरुले जुठो मात्रै चलन रहेछ क्रियापुत्रीको कपाल हजामले काट्ने चलन रहेछ सबै खलक र नातादारले जुठो बार्ने चलन रहेछ । १२ दिनसम्म तिल धुव चामल पितृलाई चढाउदा रहेछन् ।
विहान र बेलुका रोटी वा भात खाने चलन रहेछ । ११ दिनको दिनमा ब्राम्हणले आएर पिण्ड बनाई पितृको पूजा गर्ने चलन रहेछ, त्यसै दिनमा ब्राम्हणलाई बिदा गर्दा रहेछ १० दिनको दिनमा नदि वा तलाउमा गएर नुहाइ पित्रीलाई पूजा गर्दा रहेछ ११ दिनमा १० पिण्ड दिएर सबै काम सक्दा रहेछ १२ दिनमा गच्छे अनुसार ब्राम्हणहरुलाई बोलाई पितृभोज खुवाउने चलन रहेछ । १३ दिनको दिनमा दाजुभाइ र इष्टमित्र र मलामिलाई पितृभोज खुवाइ चोखिने चलन रहेछ बर्षदिन सम्म शुभकार्य नगर्ने चलन छ भनि बताए । यो भन्दा पनि फरक संस्कृति रितिथिति र चालचलन अन्यत्र हुन सक्छ गोरखामा व्यवसमय गर्न आएका गोरखाका अमूल्य निर्माण व्यवसायिहरुको भनाइ र विचारलाई यहाँ प्रस्तुत गरिएको हो ।