जिल्ला लिग फुटवल प्रतियोगिता हुने
जिल्ला लिग फुटवल प्रतियोगिता हुने
गोरखा ः गोरखा जिल्ला फुटबल सघंको आयोजनामा जिल्ला लिग फुटवल प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको बार्षिक कार्यक्रम अनुसार जेठ १५ गतेबाट प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा हुने प्रतियोगितामा ११ टिमले सहभागीता जनाउने जिल्ला फुटवल संघका अध्यक्ष विशाल गुरुङले जानकारी दिए ।
प्रतियोगितामा जिल्ला फुटवल संघमा आवद्ध रहेका ११ टिमको सहभागीता रहने छ । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख र दोस्रो हुने टिमले नगद ५० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै विभिन्न विधा तर्फ पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।
अनुशासित टिमले १५ हजार पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्ता, गोल रक्षकले ५÷५ हजार नगद पुरस्कार पाउने छन् । १५ गतेबाट शुरु हुने प्रतियोगिता जेठ २६ गते सम्म हुने छ ।