बारपाक सुलिकोटमा निशुल्क स्वास्थ्य शिविर
बारपाक सुलिकोटमा निशुल्क स्वास्थ्य शिविर
गोरखा ः बारपाक सुलिकोट गाउँपालिकामा निशुल्क पाठेघर परिक्षण तथा उपचार सम्वन्धि शिविर भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा अस्ट्रेलियन सर्भिकल क्यान्सर फाउन्डेसन तथा नेपाल क्यान्सर राहत समाज काभ्रे शाखाको प्राविधिक सहयोगमा शिविर सन्चालन भइरहेको बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाका मोदराज भट्टले जानकारी दिए ।
२५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरुको पाठेघरको मुखमा प्रारम्भिक परीक्षण गरिएको जनाइएको छ । जेठ ५ गते बाट सुरु भएको कार्यक्रममा पहिलो दिन बारपाक स्वास्थ्य चौकीमा भएको शिविरबाट ८२ जना लाभान्वीत भएका छन ।
६ गते सौरपानी स्वास्थ्य चौकीमा गरिएको शिविरबाट ८ जना र सोमबार स्वाँरा स्वास्थ्य चौकीमा गरिएको शिविरमा ९४ जनाले सेवा लिएको भट्टले बताए । भट्टका अनुसार ९ गते सम्म शिविर सन्चालन हुने छ ।