वेनी खोलामा ताल निर्माण शुरु
वेनी खोलामा ताल निर्माण शुरु
गोरखाः गोरखा नगरपालिका–३ स्थित बेनी खोलामा बेनी खोला ताल घाटको निर्माण कार्य सुरु भएको छ ।
गोरखा नगरपालिकाको उत्त ताल निर्माण शुरु गरेको हो । बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक बर्ष नगरपालिकाले ताल निर्माणका लागि ३० लाख बजेट छुटाएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । यस वर्ष पुल भन्दा माथि तालको लागि संरचनाहरु बनाउन शुरु गरिएको छ ।
अन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरी पर्यटकीय हव बनाउने उद्धेश्यले ताल निर्माण गर्न लागिएको उनले बताए । ‘ताल निर्माण पछि यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि हुन्छ, माछा पालन पनि गर्न सकिन्छ,’ उनले भने । ताल सँगै संरचना थप गर्ने विषयमा अझै छलफलकै क्रममा रहेको जनाइएको छ । यो वर्ष ताल निर्माणका लागि ग्राभेल निकाल्ने तथा वाँधको संरचना बनाउने काम हुने छ ।
तालको लम्वाई औसत २ सय १५ मिटर र ९२ मिटर चौडाइ रहने नगरपालिकाका प्राविधिक विकास खनालले जानकारी दिए । खनालका अनुसार गत वर्ष पनि ग्राभे झिकेर ड्याम बनाउने काम भएको थियो । ‘ताल सँगै एक छेउमा पौडी खेल्नका लागि पोखरी पनि निर्माण हुन्छ,’ उनले भने ग्राभेल झिकेपछि पानीको लेवल कति हुन्छ भन्ने थाहा हुन्छ ।’