प्रदेश स्तरीय महिला कवयी प्रतियोगीताको क्वाटर फाइनल खेल सम्पन्न
प्रदेश स्तरीय महिला कवयी प्रतियोगीताको क्वाटर फाइनल खेल सम्पन्न
गोरखा ः पालुङटार नगरपालिका–२ स्थित लिगलिकोटमा सोमबार बाट शुरु भएको प्रदेश स्तरीय महिला कवयी प्रतियोगिताको क्वाटर फाइनल खेल सम्पन्न भएको छ ।
गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला कवयी प्रतियोगीता १२ खेल सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतले जानकारी दिए ।
मंगलबार भने तनहुँ र म्याग्दी, कास्की र बाग्लुङ विच सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगीतामा प्रदेशका १० जिल्लाका खेलाडीको सहभागीता रहेको वस्नेतले बताए । प्रत्येक जिल्लाबाट १२÷१२ जना खेलाडी, टिम म्यानेजर, कोच र टोली नेताको सहभागीता रहेको उनले बताए ।
प्रतियोगीतामा पहिलो वन्ने टिमले ७५ हजार नगद, दोस्रो वन्नेले ५० हजार र तेस्रो वन्ने टिमले ३० हजार नगद पुरस्कारको साथमा टूफि र प्रमाणपत्र प्राप्त गर्ने वस्नेतले जानकारी दिए ।