अक्षयकोषको रकमबाट स्टेशनरी सामाग्री वितरण
अक्षयकोषको रकमबाट स्टेशनरी सामाग्री वितरण
गोरखा ः गोरखा नगरपालिका–४ स्थित ढुङ्गगाडे आधारभुत विद्यालयमा स्थापना भएको अक्षयकोषको ब्याज रकमबाट विद्यार्थीलाई स्टेशनरी तथा पोशाक उपलब्ध गराइएको छ ।
पहलमान धानमायाँ स्मृती अक्षयकोष, सन्त कुमारी स्मृती अक्षयकोष, रघुनाथ जौ मायाँ स्मृती अक्षयकोषबाट २०८० सालमा प्राप्त ब्याज रकम २८ हजार ७ सय रुपैयाबाट स्टेशनरी सामाग्री खरिद गरि सम्वन्धीत अक्षयकोषका संरक्षक तथा संस्थापकबाट वितरण गरिएको हो ।
४ जना विद्यार्थीलाई ५ सयका दरले नगद रकम तथा नयाँ भर्ना भएका १ जना विद्यार्थीलाई पोशाक पनि वितरण गरिएको थियो । त्यस्तै विद्यार्थीहरुलाई ट्रयाक सुट पनि वितरण गरिएको छ । त्यस्तै बिद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाको गणेश भुषाल र राजु राना मगर स्मृति अक्षयकोष पनि स्थापना गरिएको छ ।