जिल्ला लिग फुटवल प्रतियोगिता शुरु
जिल्ला लिग फुटवल प्रतियोगिता शुरु
गोरखा ः गोरखा जिल्ला फुटबल सघंको आयोजनामा जिल्ला लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार शनिबारबाट प्रतियोगिता शुरु भएको हो । शनिबार सतिपिपल क्लव र आदर्श युवा क्लव विच भएको खेलमा ४–१ गोल अन्तरले सतिपिपल क्लव विजय भएको छ । त्यस्तै हरमटारी क्लव र मस्र्याङ्दी युवा क्लव विच भएको दोस्रो खेलमा २–० गोल अन्तरले मस्र्याङ्दी युवा क्लव विजय भएको छ ।
विजय हुने २ टिमले ३–३ अंक जोडन सफल भएको जिल्ला फुटबल संघले जनाएको छ । गोरखा नगरपालिका –१० स्थित छेवेटार खेलमैदानमा भएको प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका छन । प्रतियोगितामा जिल्ला फुटवल संघमा आवद्ध रहेका ११ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख र दोस्रो हुने टिमले नगद ५० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै विभिन्न विधा तर्फ पनि पुरस्कारको ब्यवस्था गरिएको छ । अनुशासित टिमले १५ हजार पुरस्कार पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्ता, गोल रक्षकले ५÷५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता जेठ २६ गते सम्म हुने छ । प्रतियोगीता अन्तरगत (आज) आइतबार ३ खेल हुने छ ।