मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लाभान्वित
मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लाभान्वित
गोरखा ःगोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लाभान्वित भएका छन् ।
केन्द्रको आयोजनामा जेठ १९ देखि २१ गते सम्म शिविर भएको थियो । शिविरमा गोरखा नगरपालिकाको १४ जना तथा अन्य पालिकाका १० जनाको मोतियविन्दु शल्यक्रिया भएको केन्द्रले जनाएको छ । १९ महिला र १४ जना पुरुषको सफल शल्यक्रिया भएको केन्द्रका प्रशासकीयअधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखा जाच गरिरहेको र सो जाँच क्रममा मातियाबिन्दुको शल्यक्रिया गर्न पर्ने भएमा केन्द्रमा पठाउने गरेको उनले बताए ।
केन्द्रले बिद्यालय र समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आएको छ । त्यस्तै सेतो पुतलीको कारण हुने शापु रोगले आँखामा संक्रमण गराउने भएकाले सचेतना अपनाउन पनि आग्रह गरिउको छ ।
सेतो पुतलीबाट सर्तकता अपनाउन र यदि पुतलीले आँखामा संक्रमण गरेमा केन्द्र्रमा पगेर आँखाको उपचार गराउन पनि अनुरोध गरिएको छ । आँखामा हुने संक्रमणबाट वच्न केन्द्रले आग्रह गरेको छ ।