विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
गोरखा ः गोरखा नगरपालिका आयुर्वेद शाखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुत्त आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गोरखा नगरपालिका क्षेत्रका शारीरिक तथा सृजनात्मक कला विषयका १९ जना शिक्षकहरुको सहभागिता रहेको थियो । बरिष्ठ कविराज निरिक्षक कुशल कृष्ण शर्माले आर्युवेद र योग, तथा गोरखा नगरपालिकाका आयुर्वेद शाखा प्रमुख जिवन कुमार श्रेष्ठले गोरखा बजार आयुर्वेद औषधालयबाट प्रदान गरिने सेवाहरुको बारेमा सहजिकरण गरेका थिए ।
स्थानीय स्तरमा पाइने जडिवुटीको सामान्य प्रयोग वारेमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न तथा योग अभ्यास गराई स्वस्थ नगरिक तयार गर्न कार्यक्रमले सघाउने अपेक्षा लिइएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख प्रशान्त पण्डितको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण वहादुर रानाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।