जिल्ला लिग फुटबलमा ३ खेल सम्पन्न
जिल्ला लिग फुटबलमा ३ खेल सम्पन्न
गोरखा ः अखिल नेपाल फुटवल संघ (एन्फा)को बार्षिक कार्यक्रम अन्तरगत गोरखा जिल्ला फुटबल सघंको आयोजनामा भएको जिल्ला लिग फुटवल प्रतियोगिताको चौथो दिन समुह ‘वि’ अन्तरगत ३ खेल सम्पन्न भएको छ ।
मंगलबार द ओसन क्लव र चेपे अदर्श क्लव विच भएको खेलमा १–० को गोल अन्तरले चेपे अदर्श विजयी बनेको छ । त्यस्तै च्याङ्लिङ स्पोट र ताल देवि क्लव विच भएको खेलमा ३–० को गोल अन्तरले च्याङ्लिङ स्पोट क्लव विजय बन्यो ।
चौथो दिनको अन्तीम खेलमा द गोर्खाज यूनाइटेड र सुर्यदय युथ क्लव विच भएको खेलमा २–० गोल अन्तरले सुर्यदय युथ क्लव विजय बनेको छ । समुह ‘वि’ अन्तरगत २ खेलमा विजय बन्दै सुर्यदय युथ क्लव सिर्स स्थानमा रहेका छ ।
गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा भएको प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा जिल्ला फुटवल संघमा आवद्ध रहेका ११ टिमको सहभागीता रहेको छ ।