आदिवासी जनजाति संयुत्त मोर्चा गठन
आदिवासी जनजाति संयुत्त मोर्चा गठन
गोरखा ः नेकपा माओवादी केन्द्र निकटको आदिवासी जनजाति संयुक्त मोर्चाको प्रथम भेलाले रमेश कुमार श्रेष्ठको संयोजकत्वमा ३३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
सचिवमा अर्जुन कुमाल, सदस्यमा गणेश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, होम बहादुर वराम, पूर्णिमा दराई, राम कुमार दराई, सन्तोष भुजेल, पुण्य कुमारी कुमाल, जीवन कुमाल, मान बहादुर कुमाल, सन्त बहादुर तामाङ, चक्र बहादुर लामा, राम कुमार गुरुङ, हेमराज गुरुङ, नर बहादुर गुरु, तेजमया गुरुङ, अचल गुरु, भक्तराम राना मगर, कोकिल पुलामी मगर, शावित्री थापा राना, ओम बहादुर मगर, शर्मिला आले मगर, काजी घले, प्रभिना घले, सरोज लामा, कमानसिंड चेपाङ, रेशम चेपाङ, लाल माया माझी, अनिल कुसुण्डारहेका छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक छम बहादुर तमुको अध्यक्षतामा भएको भेलामा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्यहरु कमला नहर्की, लेख बहादुर थापा, धना तमु, जिल्ला समिति सचिव अकुर तिमिल्सिना, ज्येष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य भरत कुमार श्रेष्ठ, तमु प्ये ल्हु संघका केन्द्रीय सल्लाहकार टेक बहादुर तमु लगायतको सहभागीता रहेको थियो ।