बातावरण दिवसमा वृक्षारोपण
बातावरण दिवसमा वृक्षारोपण
गोेरखा ः विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।
गोरखा नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा गोरखा नगरपालिका–७ स्थित नवज्योती माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो । कपुर, अशोक, निम, तेजपात, लगायतका एक सय भन्दा वढी विरुपा रोपिएको हो । त्यस्तै गोरखा सदरमुकाम लगायतका विभिन्न पालिकामा पनि सरसफाई, प्रभातफेरी लगायतको कार्यक्रम गरि वातावरण दिवस मनाइएको छ । ‘हाम्रो भुमि हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ वातावरण दिवस मनाइएको हो ।