गर्मि वढेपछि विद्यालय वन्द
गर्मि वढेपछि विद्यालय वन्द
गोेरखा ः गर्मि वढेपछि पालुङटार नगरपालिका–८ को अकला माध्यमिक विद्यालयको पठन पाठन ५ दिनका लागि वन्द गरिएको छ ।
शुक्रबारबाट असार ४ गते सम्म विद्यालयको पठन पाठन वन्द गरिएको विद्यालयले जनाएको छ । विगत केहि दिनदेखि वढेको अत्याधिक गर्भी र पिउने पानीको समेत अभाव भएको कारण विद्यालयमा हुने पठन÷पाठन तथा विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेकाले पठन पाठन वन्द गरिएको विद्यालयले सुचना जारी गरि जनाएको छ । पाँच दिन बर्खे विदामा मिलान हुने गरी विद्यालयको सम्पुर्ण पठन पाठन वन्द रहने विद्यालयले जनाएको छ ।