सिमा क्षेत्रमा संयुत्त सुरक्षा गस्ती
सिमा क्षेत्रमा संयुत्त सुरक्षा गस्ती
गोेरखा ःगोरखा र चिनको सिमाको ३५ नम्वर सिमा स्तभ्भ क्षेत्रमा शसस्त्र प्रहरी र चिनियाँ प्रहरीको टोलीले संयुत्त सुरक्षा गस्ती गरेका छन् ।
चुमनुव्री गाउँपालिका–१ साम्दोमा स्थापना गरिएको विओपी बाट खटिएको शसस्त्र प्रहरी र चिनिया प्रहरीले सिमा क्षेत्रमा संयुत्त गस्ती सँगै अनुगमन पनि गरेका छन् । रुइला भञ्ज्याङ स्थित ३५ नम्वर सिमा स्तभ्भ क्षेत्रमा साम्दोमा विओपी स्थापना पछि पहिलो पटक संयुत्त रुपमा गस्ती गरिएको हो । कोभिड महामारी पछि रुइला भञ्ज्याङ नाका भने वन्द छ । संयुक्त गस्ती र अनगुमन सँगै दुवै देशमा सुरक्षा टोलीले नाकामा हुने अवान्छित गतिविधि, चोरी नियन्त्रण तथा शान्ति सुरक्षाका लागि आपसमा समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।