मौलिक पेशा प्रवद्र्धनका लागि मोटोका भाँडा बनाउने तालिम
मौलिक पेशा प्रवद्र्धनका लागि मोटोका भाँडा बनाउने तालिम
गोरखा ः सिरानचोक गाउँपालिका–४ चोरकाटेमा माटोको भाडाँ बनाउने तालिम सम्पन्न भएको छ ।
तालिममा ४० जनाको सहभागीता रहेको थियो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत मौलिक पेशा माटोको भाडा बनाउने तालिम प्रदान गरिएको हो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन भएको हो । वैशाख २१ गतेबाट संचालन भएको तालिम सोमबार सकिएको छ ।
तालिमको अमर प्रजापतिले सहजिकरण गरेका थिए । तालिममा सहभागीलाई धुपौरो, फुलको गमला, खुत्रेके, कमलदानी, पाला, दियो लगायतका १८ प्रकारका माटोका भाडाँ बनाउन सिकाइएको प्रजापतिले बताए । सोमबार तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तालिममा सहभागीलाई वजार प्रवद्र्धन तथा सिपमा पोख्त बनाउनका लाग एडभान्स तालिम पनि प्रदान गर्ने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । ‘माटोका भाँडाको वजार प्रवद्र्धनका लागि पनि सहजिकरण गर्छौ,’ उनले भने ।
तालिम समापन कार्यक्रममा सिरानचोक गाउँपालिकाका प्रमुख गुरुङ, उपप्रमुख रिता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरे लगातयले मन्तब्य राखेका थिए । सिप सिकेकाहरुलाई ब्यवसायीक वन्न कार्यक्रमका वक्ताहरुले सुझाव दिएका थिए ।
पछिल्लो समय माटोका भाडाँको बजारमा माग वढेकाले यसलाई ब्यवसायीकता दिन सके आयआर्जनको वाटो वन्ने कार्यक्रमका वक्ताहरुले बताए । माटोका भाडाँ बनाउने सिपले स्वरोजगार वन्न पनि सघाउने उनिहरुको भनाई छ ।