हरित शहरको रुपमा विकास गरिने, भुमिको वैज्ञानिक ब्यवस्थापनमा जोड
हरित शहरको रुपमा विकास गरिने, भुमिको वैज्ञानिक ब्यवस्थापनमा जोड
पालुङटारको नीति तथा कार्यक्रम
गोेरखा ः पालुङटार नगर क्षेत्रका सडकको दायाँ वायाँ हरियाली प्रवद्र्धन गरी हरित शहरको रुपमा विकास गर्न जोड दिइने भएको छ । सोमबार पालुङटार नगरपालिकाको १५ औँ नगर सभामा नगर प्रमुख विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर क्षेत्र भित्रका सडकहरुको लगत कट्टा गरि सार्वजनिक बनाउन सुरुवात गर्ने पनि उल्लेख छ ।
नगरपालिकाको रिंगरोड, वसपार्क र पालुङटार रंगशालालाई पुर्णता दिने तथा स्मार्ट सिटिको अवधारणा लागु भइ विभिन्न कार्यक्रम अघि वढी सकेको हुँदा उत्त कार्यक्रमलाई तीव्रताका साथ कार्यन्वयन गर्नका लागि जोड दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगर क्षेत्र भित्र जेष्ठ नागरिक विश्राम घर तथा क्रमश हरेक वडामा बढी आवात जावात हुने स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि चिन्तनले बताए ।
उत्पादन र उत्पादकत्व वढाउन प्रयोजन अनुसार भुमिको प्रयोग गर्ने गरी स्पष्ट कानुीब् यवस्था गरी भुमिको वैज्ञानिक ब्यवस्थापन गर्ने, सडक क्षेत्रले ओगटेको जमिन प्रचलित कानुन अनुसार सम्वन्धित जग्गा धनिको समन्वयमा लगत कट्टा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । नगर क्षेत्रमा रहेका सार्वजनिक, ऐलानी, सरकारी तथा पर्ति जग्गाहरुको एकीकृत विवरण तयार गरी ब्यवस्थित अभिलेखिीकरण गरी उपयोगमा ल्याउने, मनसुनजन्य बाढी पहिरोबाट क्षति भइ कटान भएका खेति योग्य जमिन सरक्षणको लागि तटवन्धनको ब्यवस्था मिलाउने, कुलो खोल्सा–खोल्सीहरुमा वृक्षारोपण कार्यलाई प्राथमिकता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नदिजन्य वस्तुहरु बालुवा, गिटी, ढुँगाका लागि टेन्डर आह्वान गरि करको दायरमा ल्याउने कार्यलाई निन्तरता दिने, नगर क्षेत्रमा टेलिफोन टावर, केवल लाईन, हाडिङ वोर्डमा कर लगाउने, खोला तथा खनिज पदार्थहरुको सभ्भाब्यता अध्ययन गर्ने, उर्जा एवं खनिज पदार्थको उत्खनन कार्यलाई अघि वढाई आन्तरिक आय स्रोतलाई दिगो बनाउने पनि निति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिकाको तथ्याङ्कहरुलाई डिजिटलाईज गर्ने र डिजिटल प्रोफाईललाई अध्यावधि गर्दै लगिने निति लिने, पालिका भित्रका सवै सामुदायीक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने ब्यवस्था मिलाउने पनि नगर प्रमुख चिन्तनले बताए ।
युवाहरुको रुची अनुसारको खुल्ला ब्यायमशाला, नृत्य प्रशिक्षण केन्द्रको स्थापना तथा संचालनका लागि आवश्यक ब्यवस्था गर्ने, बालवालिकाको सुरक्षाको योजना अनुसार ‘बालवालिकाको जिम्मा अव पालिकाको’ भन्ने नीति लिने पनि उनले बताए । त्यस्तै नगर क्षेत्र भित्र मृत्यू भएका मृतकको शव ब्यवस्थापनका लागि निशुल्क शव वाहनको ब्यवस्था गरिने पनि उनले बताए । पालुङटार बृहत खानेपानी योजनाको कार्यलाई तिव्रताका साथ अगाडी वढाउन समन्वय गर्ने, प्लाष्टिक मुक्त नगरपालिका बनाउन आवश्यक पहल गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
दिवा खाजा कार्यक्रमलार्य थप प्रभावकारी बनाउन स्थानीय उत्पादनको प्रयोग गरी पोषण युत्त खाजा ब्यवस्थापन कार्यलाई ब्यवस्थित गरी अगाडी बढाउने, प्रत्येक विद्यालयको खाली जमिनमा फुलवारी÷वगैचाको निर्माण गरि हराभरा बनाउने नीतिलाई अवलम्वन गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई आवासीय, मेघा विद्यालयको रुपमा संचालन गर्ने प्रक्रिया अघि वढाउने, सामुदायीक विद्यालयहरुलाई आवश्यकताको आधारमा सवारी साधन(स्कुल वस) संचालनको ब्यवस्था मिलाउने पनि उनले बताए ।
पर्यटकीय विकासका लागि नगर पर्यटन क्षेत्र विकास समितिलाई पुर्णता दिइ सोहि समिति मार्फत नगर क्षेत्र भित्र रहेका लिगलिगिकोट, मिरकोटगढी, तातोपानी लगायतका धार्मिक, सास्कृति तथा पर्यटकीय स्थलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसार हुने एकीकृत कार्यक्रमहरु संचालनमा ल्याउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।