गोरखा शाह बंश र गोरखालीको भूमिका

गोरखा शाह बंश र गोरखालीको भूमिका


मङ्लबार, असार ५, २०८१


गोरखा शाह बंश र गोरखालीको भूमिका

रमेश रमण खनाल
नेपाली इतिहासको पहिलो खुड्किलो गोरखा अनगिन्ती गौरव र गाथा बोकेको गोरखा, आफैमा स्वाभिमान र बीरताको प्रतिक नेपाली इतिहासको ईज्जत सम्मान र सान गोरखा राज्यको स्थापना कसरी हुन पुग्यो ? त्यस समयमा गोरखाली जनता र शाहवंशीय राजाहरुको के कस्तो योगदान रह्यो । यिनै सम सामयिक विषय बस्तुमा केन्दीत रहेर प्रस्तुत लेख तयार गर्ने जमर्को गरेको छु ।

छरपष्ट हिसावबाट फैलिएका राज्यहरुलाई एकिकृत गरी विशाल नेपाल राष्ट्र निर्माणका क्रममा शाह वौशिय राजाहरुको नेतृत्व गोरखाली बहादुर जनताको विरता त्याग, योगदान, वलिदानको गौरब पुर्ण गाथाहरुले मात्रै संभव भएको हो त्यसैको कारण आज नेपाल राष्ट्र भन्दा अगाडी गोरखा राज्य राष्ट्रिय र अन्तराष्ट्रियगत नेपाल राष्ट्र भन्दा अगाडी गोरखा राज्य राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा समेत शानदारी परिचय वोकेर वसेको छ । एउटा स्वाभीमानी गोरखाली धर्तिपुत्र हुनुको नाताले गोरखा राज्यको स्थापना कसरी भयो ? नेपाल राज्य कसरी बन्न गयो भन्ने विषयमा तमाम जनमानस मा जानकारी गराउने नै प्रस्तुत लेखको मुख्य लक्ष्य र मर्म हो ।



तात्कालिन आवस्थामा दौड प्रतियोगिताबाट राज्य छान्ने प्रकिया अनुसार चेपे नदिको किनारबाट लिगलिगकोट सम्मको दौडमा जुन अगाडी पुग्दछ त्यसैलाई राजा बनाउने परम्परा अनुसार हरेक वर्ष राजा छान्ने प्रतियोगिता हुने गरेको इतिहास पाईन्छ जस अनुसार मतवाली र खड्का राजाहरुले धेरै समय लिगलिग कोटमा राज गरेको पाईन्छ । उता छिमेकि जिल्ला लम्जुङमा यशो ब्रम्ह शाहले राज गरेको पाईन्छ ।

शाह वंशिय राजकुल परम्परा अनुसार यशो ब्रम्ह शाहको देहान्त पछि उनैका जेठा छोरा नरहरि शाहाले लम्जुङ राज्यको राजपाठ संम्हाल्न थाले पछि उनकै भाई द्रव्यशाहलाई राज पाठको तिब्र ईच्छा शक्ति पैदा हुन थाल्यो धुर्त र कुटिल स्वभावका द्रव्य शाहा र नरहरि शाहाका विचमा तिब्र दुश्मनी सुरु हुन थाल्यो यता लिगलिर कोटमा राज्य गरेका मतवाली र खड्का राजाहरुसंग गोरखाली जनताहरुको तिव्र असन्तुष्टी भै रहेको थियो । त्यसलाई राम्रो संग बुझेका यसोब्रम्हा शाहका कान्छा छोरा द्रव्य शाहले गोरखाली जनताहरु संग हिमचिय र आत्मीय संम्वन्ध वढाउदै जान थाले तात्कालिन अवस्थाका प्रसिद्ध व्यक्तीत्वहरु गणेश राज पाण्डे, भागीरथ पन्त, नारायण दाश अर्याल, शर्वेश्वर खनाल, मुरलि खनखवास, गजानन्द भट्टराई हरुसँग निरन्तर संवाद र सल्लाहमा व्यस्त रहदै जादा लिगलिगकोट माथी आक्रमणको योजना वनाउन थाले १६१५ को विजया दशमिका दिनमा लिगलिगकोट माथी भिषण आक्रमण गरीयो, तर त्यो आक्रमणमा द्रव्य शाह नराम्रो सँग पराजित हुन पुगे, आक्रमणमा पराजित द्रव्य शाहलाई तिनै स्थानिय गोरखालीहरु भगीरथ पन्त, मुरलि खनखवास, नारायण दाश अर्याल, शर्वेश्वर खनाल, गजानन्द भट्टराई गणेश राज पाण्डेहरुले छिपाएर संरक्षण गरी राखेर त्यस्को ठिक १ वर्ष पछÞाडी युद्धका सबै योजना र तारतम्य हरु कसेर १६१६ भाद्र २५ का दिनमा लिगलिगकोट माथी भिषण आक्रमण गरीयो र विजय प्राप्त गरे यसरी द्रव्य शाहले लिगलिगकोट माथी आक्रमण गरी विजय प्राप्त गरी सके पछाडी लम्जुङका राजा नरहरि शाहलाई ठुलो ईष्र्या पैदा हुन थाल्यो । दाजु नरहरी शाह र भाई द्रव्य शाह विचको दुश्मनी क्रम झन वढ्दै बढ्दै गयो ।

लम्जुङ राज्यका राजा नरहरि शाहले गोरखाली राजा द्रव्य शाहको हत्याको योजना बनाएर गोरखा राज्य कब्जा गर्ने योजना बनाउन थाले । दाजु भाईको दुश्मनीको सिमा नाघि सके पछि तिनै द्रव्य शाह र नरहरि शाहको आमाले दाजु भाई विचमा युद्ध नहोस क्षति नहोस भन्नाका खातिर लम्जुङ र गोरखाको सिमाना दुधपोखरी नदि मा आफ्नो स्तन निचोरेर दुध खन्याई सिमाना छुट्याउने काम गरेकि थिईन भन्ने कुरा ईतिहास बाट सिद्ध हुन्छ । यसरी १६१६ बाट द्रव्य शाहले राज्य गरेको देखिन्छ । १६१६ देखि १८२५ सम्म आइपुग्दा पुरन्धर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह नरभुपाल शाह हुदै १७९९ देखि १८२५ सम्म पृथ्वी नारायण शाहले राज्य गरेको देखिन्छ । यस बिचमा यि सबै शाह वंशीय राजाहरुले आफ्नो परम्परागत राजकाजी परम्परा अनुसारको कर्म गर्दै गरेको भएता पनी, द्रब्य शाह, राम शाह,र पृथ्वी नारायण शाहको कार्य काल भने गोरखाली जनताका लागि सुखद र गर्ब गर्न लायक छ ।

१८२५ भाद्र सुक्ल चतुर्दशीका दिन इन्द्रजात्राको तयारीमा काठमाडौँ वासी जनता र राजा विजय मल्ल जुटि रहेको अवस्थामा पृथ्वी नारायण शाहले हतियार सहितका सु–सज्जीत सेनाहरु र गोरखाली वहादुर जनताहरु समेत लिएर काठमाडौँ माथी भिषण आक्रमण गरी विजय प्राप्त गरेको देखिन्छ । काठमाडाँैकोे विजय पछी नै देशको राजधानी काठमाण्डौंलाई बनाईएको ईतिहासले पुष्टी गर्दछ । त्यस वखतका पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आज पनी उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन् । विदेशी छपडा नलगाउनु काँता कतुवा प्रयोग गरी कपासवाट धागो झिक्नु कपडा बुन्न जान्नेलाई कपडा बुन्न लगाई देशैभर प्रयोग गर्नु खानि भएको ठाउँमा वस्ती भएपनी वस्ती अन्यत्र सारी खानी चलाउनु, पानीको स्रोत भएको ठाउमा वस्ती भएपनी वस्ती अन्यत्र सारी पानी चलाई दुनियाँलाई खुवाउनु, विदेशीलाई खानी नदिनु, विदेशी महाजनलाई देश नभित्रयाउनु, देशमा भएका जडिवुटी संकलन गरी विदेश पठाई नगद खिच्नु भन्ने जस्ता ति महान् शाश्वत सत्य वाणीहरु तिनै गोरखाली धर्तिपुत्रका हुन् ।

ति आज पनि त्यतिकै गर्व गर्न लायक छ । जिवन व्यवहारमा त्यतिकै उपयोगी र समय सान्दर्भिक छन् । चाहे हिजोका छरपष्ट छरिएर रहेका बाइसी चौविसी राज्यलाई एकिकृत गर्ने सन्दर्भमा होस् चाहे अंग्रेजहरु संगको लडाईका सन्दर्भ होस् तिनै वहादुर गोरखाली सेना महिला केटाकेटी सुत्केरी बुढाबुढी सवै युद्ध मोर्चामा डटेर तिनै शाह वंशीय राजाहरु बहादुर गोरखाली धर्तिपुत्रहरु कालु पाण्डे, वलभद्र कुवर, विसे नगर्चि, मनिराम गाईने, जस्ता अनगिन्ती होनहार गोरखाली बहादुर सिपाहीहरुको अथक प्रयास त्याग योगदान वलिदानीको उपज नै गोरखा राज्य हो । विशाल नेपाल निर्माणको पहिलो खुड्किलो गोरखा राज्यले नै अनगिन्ती होनहार र वहादुर सन्तान हरु उत्पादन गरेको हो त्यहि गोरखा राज्यको जगमा नै आज हामी वहादुर गोरखालीको नामले विश्वसामु परीचित भएका हौ । त्यसैले त आज सम्म पनि विदेशी सेनामा भर्ति हुनका लागी गोरखालीलाई पहिलो प्राथामिकतामा विश्व समुदायले राख्ने गरेको हो ।

अनगिन्ती गौरवमय गाथा वोकेको गोरखा र गोरखाली हामी जनता आज हाम्रो गौरव गाथालाई भुलेर साम्राज्यवाद र विस्तार वाद भरीया र हलिया जस्तै वनेका छौं । हामिले हाम्रा पूर्वजका ईतिहासलाई भुलेका छौ । हाम्रो मानसिकतामा दरीद्रता दर्शाई रहेका छौ । आज हाम्रो यो देशको दुर्दशा हुनुमा हामी गोरखाली नै जिम्मेवार हुनु पर्दछ । सिंगो देशलाई अभिभावकत्व दिने हाम्रा पूर्वजका हामी सत्तति भने अभिभावकत्व दिनु त कता हो कता झोले चम्चे बनेर असल खरावको पहिचान नगरी नकाव लगाएको रिसल्ला घोडाको रेसमा पराईको निर्दाेशन मा दौडी रहेका छौँ जब की हामीलाई त्यसमा कुनै किसिमको पश्चताप छैन राज्य दुनिया र भावी सन्ततीको समेत प्रवाह नगरी देश भड्खालोमा परिसक्दा पनि आनन्दको अनुभूति दर्शाइ रहेका छौँ हिजोका हाम्रा ती महानु् पूर्खाहरुले हामीलाई धिक् धिक् भनि श्र्राप गरिरहेका छन् ।

तीनै पितृ र पूर्खाहरुको श्र्राप कै कारण आज हामीले विभिन्न खाले बेथिति विकृति विसंगती भोग्नु परिरहेको छ । स्वदेशमा रोजगारी नपाएर ५० डिग्री तापक्रममा खाडी मुलुकमा बेल्चा हानेर देश वृद्धाश्रम बनाईरहेका छौँ । सन्तानको माया नपाएर छट्पटाइरहेका ती बुढा बाबुआमाहरुको समेत श्राप भोग्न बाध्य र विवश छौँ र फेरी हामी नै मुलुकमा बेथिति विकृति विसंगती भयो भनेर चिच्याहट गरिरहेका छौँ सत्कर्मको फल सत नै हुन्छ, मिठै हुन्छ दुश्कर्मको फल दुषित नै हुन्छ खुर्सानी रोपेर स्याउको फल खोज्ने परम्पराको जुन दिन सम्म हामीले अन्त्य गदैनौँ त्यस दिन सम्म हामीले पाउने परिणाम भनेको यहि हो अनि कसरी हुन्छ मुलुकमा सुशासन शान्ति समृद्धि र स्थिरता ? यो भन्दा लज्जा अरु केही हुन्छ र ?
लेखक ः राष्ट्रिय प्रजातन्त्र पाटी गोरखा जिल्ला सचिव हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda