पालुङटारको नगर यातायात गुरु योजना तयार

पालुङटारको नगर यातायात गुरु योजना तयार


बुधबार, असार ६, २०८१


पालुङटारको नगर यातायात गुरु योजना तयार

गोेरखा ः पालुङटार नगरपालिकाले नगर क्षेत्रका सडकको वर्गीकरण र प्राथमिकीकरण गरेको छ । सोमबार १५ औँ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिका क्षेत्रका ६२० कि.मि सडकको वर्गीकरण र प्राथमिकीकरण गरिएको नगर प्रमुख विवश चिन्तनले बताए । चालु आर्थिक वर्षमा ३ हजार ७ सय १ मिटर सडक कालोपत्रे भएको उनले बताए ।

नगर यातायात गुरु योजना पनि तयार गरिएको छ । १५ हजार चार सय ९ मिटर सडक ग्रावेल र १५ हजार एक सय २० मिटर कच्ची सडक, ४ हजार १ सय २३ पक्की नाला, १ हजार ६ सय २८ मिटर ढलान, ८ ओटा कजवे र १४ ओटा कल्भर्ट निर्माण सम्पन्न भएको पनि जानकारी गराइएको थियो । पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को वित्तिय प्रगती औसत ६८.३७% रहेको छ ।



पूजीगत खर्चतर्फ ६७.५२% रहेको छ । चालु खर्च तर्फको वित्तिय प्रगती ६९.९५% रहेको जानकारी गराइएको छ । चालु आर्थिक वर्षका अन्त्य सम्ममा ८१% आर्थिक प्रगति हुने अपेक्षा लिइएको छ । चालु आर्थिक वर्ष १ हजार ८२५रोपनी क्षेत्रफलमा सिँचाई सुविधा विस्तार भएको, ५६० घरधुरीमा खानेपानी सुविधा पु¥याइएको, ८१ ओटा सामुदायिक भवन निर्माण सम्पन्न भएको पनि नगर प्रमुख चिन्तनले बताए । ३५० मे.टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न भई सञ्चालनको तयारी पनि गरिएको छ ।

बैकल्पिक राजमार्ग (पालुङटार, हर्मी, छोप्राक, जौबारी बारपाक सडक), वैकल्पिक दुधपोखरी राजमार्ग, अँबुवा बिर्दी पौवाटार सडक, पुष्पलाल लोकमार्ग (मध्य पहाडी राजमार्ग), कटहरे पन्थडिही हर्मी साहिलीटार सडक, बिमलनगर पौवाटार राधाकृष्ण सडक, तुरतुर राधाकृष्ण सिटिईभिटि सापकोटाटार सडक, नयाँपुल आहालेबर्रा काराखेतीटार रातमाटे सडक निर्माणको चरणमा रहेको पनि सभामा जानकारी गराइएको छ ।

स्मार्ट सिटि र सघन शहरी विकास कार्यक्रममा छनोट भएका कार्यक्रमहरु कार्यान्वयन भएको, सुख्खा क्षेत्रमा खानेपानीको सुविधा विस्तारका लागि लिफ्ट प्रविधिमा आधारित पालुङटार बृहत खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको पनि उनले बताए । कृषि क्षेत्रको विकासको लागि उन्नतजातका विउविजन, रसायनिक मल, किटनाशक औषधी वितरण र पशु नश्ल सुधार कार्यक्रमलाई व्यवस्थित गर्दै लगिएको, पालुङटार नगरपालिका वडा नं. ६, ७ र ८ गरि तिन वडा लिची ब्लक क्षेत्रको रुपमा संचालन गरिएको पनि नगर सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा उल्लेख छ ।

पालुङटार नगरपालिका वडा नं. ९ र १० मा अमिलो जातका फलफुलको उत्पादन पकेट क्षेत्र विकासका लागि योजना तथा कार्यक्रम संचालन गरिएको, दुध र मासु आत्मानिर्भर पालुङटार भन्ने नारालाई आत्मासाथ गर्दै पालुङटार नगरपालिका बडा नम्वर ७ को जुडीखोला र वडा नम्वर ९ को शेरामा घाँसमा आधारित पशु विकास योजना तथा कार्यक्रम संचालन गरिएको पनि उनले बताए ।

ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालनमा ल्याइएको, पालुङटार नगरपालिकाको ७ वर्षे शिक्षा योजना निर्माण प्रक्रिया अगाडी बढेको जेष्ठ नागरिक, असक्त र अपाङ्गता भएका व्यक्तिहरुको जनस्वास्थ्यलाई मध्ये नजर गर्दै घरदैलो सेवा संचालन गरिएको उनले बताए । सुख्खा फोहोर व्यवस्थापनका लागि फोहोरमैला प्रशोधन केन्द्र संचालन गरिएको, औद्योगिक क्षेत्रको लागि सम्भाव्यता अध्ययनका कार्य अगाडी बढेको पनि जनाइएको छ ।

सामुदायिक विद्यालयहरु सवारी साधन (स्कुल बस) संचालन गर्ने कार्यको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । हाल सम्म अमरज्योति जनता मा.वि. भवानी मा.वि, जीवनज्योति मा.विमा स्कुल बस संचालन गरिएको छ । गरिबी विरामी संग मेयर कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको, क्षयरोग मुक्त नगरपालिका घोषणाको लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने कार्यको सुरुवात भएको पनि उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda