चितुवा मृत भेटियो
चितुवा मृत भेटियो
गोरखाः पालुङटार नगरपालिका–७ स्थित च्याङ्ली मा मृत अवस्थामा चितुवा फेला परेको छ ।
५ फिट २ इन्च लम्वाई रहेको चितुवा मृत भेटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी महेष पौडेलले जानकारी दिए । कालगतीले चितुवा मरेको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयको सुचनाको आधारमा वन कार्यालयका टोली च्याङली पुगेर मुचुल्का लगायतको आवश्यक प्रक्रिया पुरा गरि मृत चितुवाको वुधबार नै ब्यवस्थापन गरिएको उनले बताए ।